माओवादी महाधिवेशनमा एमालेबाट शंकर पोखरेल सहभागी हुने
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन समारोहमा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन्।
गृहजिल्ला झापामा रहेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतवार भएको टेलिफोन संवादमा पार्टीको तर्फबाट महासचिव पोखरेल सहभागी हुने बताएका हुन्।
यसअघि चितवनमा भएको एमालेको दशौँ महाधिवेशनमा माओवादीकोतर्फबाट नेता लीलामणि पोखरेल सहभागी भएका थिए।
कांग्रेसको चौधौँ महाधिवेशन उद्घाटन समारोहमा ओली आफैँ सहभागी भएका थिए। राप्रपाको एकता महाधिवेशनमा भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाइएको थियो।
११ पुस २०७८, आइतवार ११:५४ बजे प्रकाशित













