punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पिएम कप महिला राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै प्रदेश १ फाइनलमा

Chaupati
safha napa

साबिक विजेता प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै प्रदेश १ फाइनल पुगेको हो।

सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले १६ दशमलव ५ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो। उसका लागि कप्तान रुविना क्षेत्रीले नटआउट ३१ र काजल श्रेष्ठले २८ रन बनाइन्। सुदूरकी कविता जोशीले १ विकेट हात पारिन्।

त्यसअघि धनगढी स्थित फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले २० ओभरमा सात विकेट गुमाउँदै ८५ रन बनाउन सक्यो।

खराव सुरुवात गरेको सुदूरले सात रन हुँदा दुई विकेट गुमाएको थियो भने १४ रन बनाउँदा चार विकेट खेर फालेको थियो। उसका कुनै पनि खेलाडीविच दरिलो साझेदारी हुन सकेन। उसका सुरुवाती चार ब्याटर सस्तैमा आउट भए।

जसमा रुबी पोद्दार एक रनमा आउट भइन भने रेवती धामी सात रनमा आउट भइन् भने बिन्दु रावलले खाता खोल्न सकेनन्।

यस्तै, कविता जोशी पनि मात्र एक रनमा आउट भइन्। उसका लागि सम्झना खड्काले सर्वाधिक २७ रन बनाइन भने कप्तान रितु कनोजिया २५ रनमा पेभेलियन फर्किइन्।

यस्तै, डोली भट्टले १२ रनको योगदान दिइन्। बलिङमा प्रदेश एकका लागि ज्योति दनुवार, अलिशा खडिया, रुविना क्षेत्री र संगीता राईले एक एक विकेट लिए।


१० पुस २०७८, शनिवार १३:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु