punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीको कोटभैरव-दूधेश्वर जोड्न झोलुङ्गे पुल निर्माणको काम थालियो

Chaupati
safha napa

डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि यहाँ झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ। दिपायलस्थित द्वारी खोलामाथि कम्तीमा पनि ७० मिटर उचाइमा उक्त पुल बन्न लागेको हो।

कोटभैरव तथा दूधेश्वर मन्दिरको प्रचारप्रसार तथा पर्यटकलाई आकर्षित गराउनका लागि उक्त पुल निर्माणको थालनी गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले जानकारी दिइन्। उनले भनिन्, “जिल्लाकै इतिहास बोकेका थी दुई पुराना मन्दिरमा पर्यटकको सहजता र पर्यटक भित्र्याउनका लागि पुल निर्माणको सुरु गरेका छौ।”

दुई डाँडामाथि रहेका धार्मिकस्थलको एकैचोटि दर्शन गर्न पाइने र आन्तरिक तथा बाह्य पर्यटकलाइ भित्र्याउन उक्त पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिए।

प्रदेश सरकार र दिपायल सिलगढी नगपालिकाको रु ८६ लाख ३८ हजार ७००को लागतमा निर्माण हुन लागेको उक्त झोलुङ्गो पुलको लम्बाइ २०० मिटर छ। देवभूमि कन्स्ट्रक्सन अमरगढी–५, डडेल्धुराले २०७८ असार १७ गते सम्झौता गरी आउँदो २०७९ असार १५ गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौता गरिएको छ।

पर्यटनको प्रमुख केन्द्रबिन्दु बन्न सक्ने जनाउँदै पुरानो राजदरबारमेत रहेको उक्त ठाउँमा सुदूरपश्चिममा झल्किने परम्परागत बाजागाजा, पहिरन, भाँडाकुँडालगायतका लोप हुन लागेका चिजलाई राख्ने र सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ।

उक्त पुलबाट यहाँका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला एअरपोर्ट, राजपुर तथा घोलतडालगायतका होचा फाँट हेर्न मिल्ने भएको हुँदा पर्यटकको आर्कषण बढ्ने स्थानीयवासी तुलसी शाहीले बताइन्।

उनले भने, “यहाँका रमाइला फाँट र व्यापारी केन्द्रको अवलोकन गर्न निकै सहज हुने भएकाले पुल बनेपछि पर्यटकका लागि निकै सहज हुने छ।” आन्तरिक तथा बाह्य पर्यटकसमेत पुल अवलोकन गर्न आएपछि यहाँका धार्मिक पर्यटकलाई देश विदेशमा चिनाउन सहज हुने अपेक्षा लिइएको छ।


९ पुस २०७८, शुक्रवार १६:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु