सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक : रावल

नेकपा (एमाले) का नेता डा.भीमबहादुर रावलले आफूलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिइएकोमा आपत्ति जनाएका छन्। उनले शनिवार ट्विट गर्दै उक्त आपत्तिप्रति जनाएका हुन्।

उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार  परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’


३ पुस २०७८, शनिवार १३:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु