सभापतिमा बहुमत नपुर्याएपछि सिंहलाई फकाउँदै देउवा

काँग्रेस महाधिवेशनमा सभापतिमा देउवाले बहुमत पाएनन् नसकेपछि पुनः मतदान हुने भएको छ । सभापतिमा कसैले पनि आवश्यक मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । निधिले यसअघि नै कोइरालालाई सघाउने बताइसकेका कारण देउवा सिंहलाई फकाउन लागेका छन् ।

सिंहलाई फकाउन देउवा पक्षीय बालकृष्ण खाँण चाकस्सीबारी पुगेका छन् । सिंह पनि संस्थापनइतर नै भएपनि उनलाई फकाउन खाँण त्यहाँ पुगेका छन् । उनले सिंहलाई देउवा पक्षमा सहयोग गर्न आग्रह गर्ने बुझिएको छ ।


२८ मंसिर २०७८, मंगलवार ०९:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु