सभापतिमा देउवाले बहुमत पाएनन्, चुनाव दोस्रो चरणमा
नेपाली कांग्रेसको चुनावमा सभापति चयनका लागि कसैले पनि आवश्यक मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ ।
आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।
आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो ।
मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।
२८ मंसिर २०७८, मंगलवार ०९:०६ बजे प्रकाशित













