काँग्रेस महाधिवेशन : मतदान सुरु हुन ढिलाइ

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने केन्द्रीय निर्वाचन समितिले जनाए पनि समाचार तयार पार्दासम्म मतदान सुरु हुन सकेको छैन ।

निर्वाचन अधिकृतहरू समयमा उपस्थित भए पनि तयारी पुरा हुन नसकेका कारण निर्वाचन ढिलो हुन पुगेको हो । सभागृहलाई मतदान स्थल क र ख बनाइएको छ भने ग लाई भृकुटीमण्डपलाई बनाइएको छ । प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूले सभागृहमा मतदान गर्ने छन् ।


२७ मंसिर २०७८, सोमवार ०८:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु