punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ए डिभिजन लिगः आज चौथो चरणका अन्तिम दुई खेल हुँदै

Chaupati
safha napa

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार दुई खेल हुँदैछन्।सोमबार हुने पहिलो खेलमा दिउँसो १ बजेदेखि संकटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटाले यसअघिका ३ खेलमा १ जित र २ बराबरीको नतिजासहित ५ अंक हात पारेको छ।

नेपाल पुलिस क्लबले पनि यसअघिका ३ खेलमध्ये १ जित र दुई बराबरीसहित ५ अंक हात पारेको छ।दोस्रो खेलमा जावलाखेल र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेलले यसअघिको ३ खेलमा सबैमा हारको सामना अंकविहीन अवस्थामा छ।

ब्रिगेड ब्वाइजले ३ खेलमध्ये १ जित, १ बराबरी र एक हारको सामना गर्दै ४ अंक हात पारेको छ। आजदेखि चौथो चरणको खेल सकिनेछन्।


२७ मंसिर २०७८, सोमवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु