punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली अस्पतालमा र्‍यालग्रन्थीमा रहेको ट्युमरको शल्यक्रिया

Chaupati
safha napa

कञ्चनपुरको महाकाली अस्पतालमा ¥यालग्रन्थीमा रहेको ट्युमरको सफल शल्यक्रिया गरी निकालिएको छ।¥यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका १२ ऐरीकी ३५ वर्षीया लिला पन्तको ट्युमर निकालिएको हो।

तीन वर्षदेखि कानको तल ¥यालग्रन्थी रहेका ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। शनिबार उनको शल्यक्रिया गरेर ट्युमर निकालिएको हो।अस्पतालका नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा प्रशान्त भट्टले ¥यालग्रन्थीमा रहेको चार सेन्टिमिटर लामो र तीन सेन्टिमिटर चौडाइ बराबरको ट्युमर शल्यक्रिया गरी निकालिएको बताए।

ट्युमर समयमै निकालिँदा क्यान्सर हुनबाट जोगाइएको उनले बताए। शल्यक्रिया गरिएका महिलाको स्वास्थ्य अवस्था सामान्य रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन्।शल्यक्रियामा डा भट्ट, डा जेन्स थापामगर एनएसथेसिया डा दीपक ठकुराठीलगायतको सहभागिता रहेको थियो।

शल्यक्रिया गरिएका महिलाका श्रीमान् मानप्रसाद पन्तले तीन वर्षदेखि श्रीमतीको कानमुनि मासुको गाँठा देखिएपछि उपचारका लागि निकटवर्ती भारतीयदेखि यहाँका धेरै अस्पतालमा पुगे पनि उपचार हुन नसकेको बताए।

“धेरै ठाउँमा देखायौँ”, उनले भने, “रु ६० हजार सकिँदासमेत निको भएन। महाकाली अस्पतालमा शल्यक्रिया गर्न रु ३७ हजार खर्च गरी सफलरुपमा शल्यक्रिया भएको छ। शल्यक्रिया सफल भएपछि निकै खुसी भएका छौँ।”

“कानमुनि पलाएको मासुको गाँठा पहिला सानो थियो। विस्तार बढ्दै गयो”, शल्यक्रिया गरिएकी लिलाले भने, “बढ्दै जान थालेपछि निकै दुख्नसमेत थाल्यो। अस्पतालमा शल्यक्रिया भएपछि अहिले सहज भएको छ।”


२७ मंसिर २०७८, सोमवार ०८:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु