punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खाद्य व्यवस्थालाई लक्ष्यअनुसार धान खरिद गर्न मुस्किल, पाइँदैन सफा धान

Chaupati
safha napa

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीलाई यसवर्ष लक्ष्यअनुसार धान खरिद गर्न मुस्किल पर्ने देखिएको । चालु आर्थिक वर्षका लागि कम्पनीलाई ३५ हजार क्वीन्टल धान खरिदको लक्ष्य तोकिएको छ ।कम्पनीले यहि मंसिर २२ गतेदेखि कैलालीको मोहनपुर गोदाम र टिकापुरको सत्ती गोदामबाट धान खरिद गर्न सुरु गरेको भएपनि धान पाउन सकेको छैन ।

यहि असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म आएको अबिरल वर्षाका कारण धानबालीमा ठूलो नोक्सान पुगेपछि धान खरिद गर्न समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख एन्जिला बस्नेतले बताइन् ।

भिजेको नभई सफा धान मात्रै खरिद गर्न भनेर सूचना आएको हुँदा सोही अनुसार नै धान खरिद भइरहेको कम्पनीकी प्रदेश प्रमुख बस्नेतले बताइन् । ‘धान खरिदको पहिलो दिन सत्ती गोदामबाट ८÷१० क्वीन्टल धान खरिद गरेका थियौं,’ उनले भनिन्,’ ‘अधिकांश किसानले धान ल्याउने पनि सफाबाहेक अन्य धान खरिद गर्न नसकिएपछि केहीसमय विवाद पनि भयो ।’

उनले स्थानीयले कम्पनीले सबैको धान खरिद गर्नुपर्ने भन्दै विवाद सृजना गरेको बताइन् । आफूहरुको मापदण्ड भन्दा बाहिरको धान खदिका लागि निर्देशन नभएका कारण भनेअनुसार धान पाउन नसकिएको उनको भनाई छ । ‘किसानहरुसँग नभिजेको धान छैन् भने लक्ष्यअनुसार धान खरिद गर्न कठिन छ,’ उनले भनिन् ।

कम्पनीले गत वर्ष जिल्लाका विभिन्न आठ ठाउँमा खरिद केन्द्र राखेर धान खरिद गरेको थियो । यस वर्ष पनि त्यति नै ठाउँमा खरिद केन्द्र खोल्ने लक्ष्य भएपनि सुरुवातका दुबै ठाउँमा राम्रो धान आउन नसकेपछि थप केन्द्र विस्तार नगरिएको कम्पनीका प्रदेश प्रमुख बस्नेतले बताइन् ।

‘सुरुमा धान कस्तो आउँछ भनेर हेर्नको लागि टिकापुको सत्ती क्षेत्र र मोहनपुरको आफनै गोदाममा धान खरिद केन्द्र राखेका थियौं’ उनले भनिन्, ‘त्यहाँ नै राम्रो धान आउन नसेकेपछि अरु ठाँउमा सुचारु गरेका छैनौं ।’ किसानहरुले सफा धान नल्याएका कारण अहिले धान खरिद नभएको उनले बताइन् ।

गतवर्ष ६५ हजार क्वीन्टल धान खरिदको लक्ष्य पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५३ हजार ८६३ क्वीन्टल धान खरिद गरेको थियो । कम्पनीले यस वर्ष मोटो धान प्रतिक्वीन्टल दुई हजार ७५२ रुपैयाँका दरले खरिद गरिरहेको छ ।


२६ मंसिर २०७८, आइतवार १८:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु