punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बंगलादेशमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

Chaupati
safha napa

बंगलादेशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ। शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएको जनाएको छ।

यहाँका स्वास्थ्यमन्त्री जाहिद मलिकले शनिबार उक्त जानकारी दिएका हुन्। उनले दुईजनामा यो सङ्क्रमण पाइएको जानकारी दिए।

उनका अनुसार यहाँको क्रिकेट टिमका २ जना क्रिकेटरमा उक्त सङ्क्रमण भेटिएको छ। स्वास्थ्यमन्त्री मलिकले ती दुईजना खेलाडी हालै जिम्बावेबाट आएको जमाकारी दिए।

उनीहरूको स्वास्थ्य परीक्षणका क्रममा उक्त भेरियन्ट देखिएको बताइएको हो। यसअघि भारतका नयाँ दिल्ली र कर्नाटक राज्यका केही व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको थियो।

भारतमा सुरुमा भेटिएका सङ्क्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको बताइएको थियो। यो ओमिक्रोन भेरियन्ट विश्वका कैयौँ मुलुकमा फैलिएको छ।एजेन्सी


२६ मंसिर २०७८, आइतवार १४:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु