punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माेटरसाइकल चाेर्ने सात जना पक्राउ

Chaupati
safha napa

मोटरसाइकल चोरीमा संलग्न सात जना काठमाण्डौबाट पक्राउ परेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

हिजो सोमवार राति काठमाण्डौको बबरमहलबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उनले भने, ‘बेलुका बबरमहलबाट चोरेका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गर्न सफल भयौँ । पक्राउ पर्ने सात जना काठमाण्डौको ठूलै समूह हो । उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ ।’महाशाखाले गएको असार महिनायता चोरी भएका एक सय ८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ ।


२१ मंसिर २०७८, मंगलवार १७:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु