punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘जो मलामीलाई सधैँ निःशुल्क दाउरा वितरण गर्छन्’

Chaupati
safha napa

कञ्चनपुरको बेदकोट नगरपालिकाका पवन सिंहलाई व्यवसायी एवं व्यापारी मात्रै भने त्यो अपूरो हुन्छ । दाहसंस्कारका लागि प्रायः सबैतिर दाउराको समस्या हुन्छ । उनले सो सामाजिक उत्तरदायित्वको भावना बोध गरेर मलामीलाई निःशुल्क रुपमा दाउरा वितरण गर्दै आएका छन् ।

कञ्चनपुरमा मात्र होइन् उनले भूकम्पका बेला दाहसंस्कारका लागि दाउरा काठमाडौं समेत पठाए । यस्तै कोरोना कहरमा मृत्यु भएकाको शव व्यवस्थापनका लागि समेत सिंहले निःशुल्क दाउरा उपलब्ध गराए । कञ्चनपुरमा शव व्यवस्थापनका लागि दाउरा माग्न आउने जोकोहीलाई पनि सिंहले खाली हात फर्काउदैनन् । शव व्यवस्थापन गर्न समस्या भएका सबैलाई काष्ठ व्यवसायी सिंहले दाउरा उपलब्ध गराउँदै आएका छन् ।

सुडामा रितुल सःमिल सञ्चालन गर्दैआएका सिंहले डेढ दशकदेखि मलामीलाई निःशुल्क दाउरा वितरण गर्दै आएको बताए । ‘भूकम्पका बेला ६० हजार ट्रकको भाडा तिरेर शव व्यवस्थापन गर्न काठमाडौँ दाउरा पठाएको थिएँ’ । उनले भने, ‘कोभिड–१९ मा कञ्चनपुरमा एकै दिन दश जनाले ज्यान गुमाउँदा पनि मैले सबैलाई आवश्यक पर्ने गरी दाउरा दिएँ ।’ विशुद्ध सामाजिक भावनाका साथ सो दाउरा उपलब्ध गराउने गरेको सिंह बताउँछन् । ‘मलामी आए दाउराका लागि मेरोमा कुनै रोकटोक छैन’ उनले भने ।

राज्यले शव जलाउन दाउराको व्यवस्थापन गर्न नसकिरहेका बेला एक व्यवसायीले गरेको समाजसेवाको कदर गरिनुपर्ने महेन्द्रनगरका स्थानीयवासी भोजराज बोहरा बताउँछन् । ‘महाकाली घाटमा आउने मलामीलाई दाउरा उपलब्ध गराएर सिंहले समाजलाई ठूलो गुन लगाएका छन्’, उनले भने, ‘निःस्वार्थ भावले लाखौं रुपैयाँको दाउरा प्रदान गर्नु पुण्य काम पनि हो ।’

‘महेन्द्रनगर बजार र त्यस आसपासका क्षेत्रमा सामुदायिक वन नहुँदा शव व्यवस्थापन गर्न दाउरा किन्नुपर्ने हुन्छ’, महेन्द्रनगरका देवराज जोशीले भने, ‘सबैैजसोलाई सिंहले दाउरा उपलब्ध गराउँदै आउनुभएको छ ।’ सेनाले शव व्यवस्थापन गर्ने क्रममा पनि सिंहले नै दाउरा उपलब्ध गराए । ‘आपतविपतका बेला सिंह नै काम लाग्नुहुन्छ’, जोशीले भने । समाजसेवामा सधैँ अग्रसर रहने सिंहले पछिल्लो समय राजनीतिमासमेत सक्रियता बढाएका छन् । हालै सम्पन्न नेपाली कांग्रेस कञ्चनपुरको अधिवेशनबाट सिंह जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।


२१ मंसिर २०७८, मंगलवार १७:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु