punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आन्दोलित वकिलहरुको टोली ओलीलाई भेट्न बालकोट पुग्यो

Chaupati
safha napa

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित वकिलहरुको टोली एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ।

गत कात्तिक पहिलो सातादेखि आन्दोलित वकिलहरुको टोली सर्वोच्चमा देखिएको जटिलता र जबराको राजीनामासहितका विषयमा कुरा गर्न प्रमुख प्रतिपक्षी दलका नेताको निवासमा पुगेको हो।

एमाले अध्यक्ष ओलीले उनीहरुलाई मध्यान्ह साढे १२ बजेको समय दिएर बालकोट बोलाएका थिए। त्यही अनुसार बालकोट पुगेका उनीहरुले ओलीलाई अहिले पौने १ बजे भेटेका छन्।

ओलीलाई भेट्न जेष्ठ वकिल कृष्णप्रसाद भण्डारी, बारका पूर्वअध्यक्ष शभ्मु थापा, वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य पनि बालकोट पुगेका छन्।

 


२१ मंसिर २०७८, मंगलवार १३:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु