punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक पटक फेरि सभापति उठ्छु: देउवा

Chaupati
safha napa

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अब एकपटक फेरि आफू पार्टी सभापति पदमा उठ्ने बताएका छन्।आफू प्रधानमन्त्री पनि रहेको र एक पटक फेरि सभापति जितेमा अझै राम्रो गर्ने तर्क उनले प्रस्तुत गरेका थिए।

आज बिहान बालुवाटारमा आफूनिकट पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताए।

‘एक पटक फेरि सभापतिका लागि उम्मेदवारी दिन्छु, त्यसपछि त विधानले पनि रोक्छ,’ बैठकमा सहभागी एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘गठबन्धनबाट म नै अहिले प्रधानमन्त्री छु। म नै सभापति हुँदा पार्टी र सरकारले पनि राम्रो काम गर्न सक्छ।’

उनले आफूलाई सहयोग गर्न पत्रकारहरूलाई आग्रह पनि गरेका थिए।देउवाले गठबन्धन अर्को चुनावसम्म जान्छ कि जाँदैन भन्नेबारे अहिले नै खुलाउन चाहेनन्। ‘राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तत्काल गठबन्धन गरिएको छ,’ उनले भने।

उनले यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगरिने पनि बताए। कोरोना महामारी कायमै रहेकोले जनतालाई दुस्ख दिने गरी कांग्रेसले भिडभाड नगर्ने उनको भनाइ थियो।


२० मंसिर २०७८, सोमवार १७:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु