punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा (एकीकृत समाजवादी) ढकारीको प्रथम भेला सम्पन्न

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवार्दी) को ढकारी गाउँ संगठन कमिटीको प्रथम भेला सम्पन्न भएको छ। समाजवादीका नेता धर्मराज साउँदको अध्यक्षतमा भएको भेलामा पार्टीका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर प्रमुख अतिथी थिए ।

भेलालाई सम्बोधन गर्दै सम्बोधन गर्दै कुँवरले समाजवादी पार्टीप्रतिको जनताको मोहले एमालेबाट बिद्रोह भएको पुष्टि भएको बताए । पार्टीको बिचार र सिद्धान्तले गाउँ–गाउँमा समाजवादी पार्टीको लहर बढ्दै गएको बताए ।

एमाले पार्टी विचार, सिद्धान्त, कार्यक्रमबाट नभई ‘बामाले’हरुबाट सञ्चालित भएकाले ओलीलाई सच्चा कम्युनिस्ट नेता कार्यकर्ताले साथ नदिने पनि बताए ।

भेलामा बोल्दै विशिष्ठ अतिथिसमेत रहेका पार्टीका केन्द्रीय सदस्य एवम् अछाम ईन्चार्ज साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले आन्दोलनलाई बिच बाटोमा छोडेर जानु जनताप्रतिको गद्दारी भएको बताए । केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आन्दोलन गर्ने लगाउने अहिले एकताको नाममा केपीको दासत्व सहने व्यक्तिले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताए ।

केन्द्रीय सदस्य एवम् अछाम सह–ईन्चार्ज शंकर भण्डारीले समाजवादीको पक्षमा जनलहर बढ्दै गएको बताए । उनले वडादेखि पालिकामा भइरहेको जनसहभागिताले समाजवादीको पक्षमा उत्साह बढ्दै गएको बताए ।

भेलालाई केन्द्रीय परिषद सदस्य तथा सुदुरपश्चिम् प्रदेश सभा सदस्य बलबहादुर सोडारी, जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेरबहादुर साउद, डम्बर नेपाली, जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र विष्ट, जिल्ला कमिटी सचिव नवराज साउँद, उपचिव नमराज न्यौपाने, डबल सिंह चलाउनेले धारणा राखेका थिए ।

त्यस्तै, तुर्माखाँद गाउँपालिकाका ईन्चार्ज कुलबहादुर शाही, पन्चदेवल बिनायक नगरपालिका संगठन कमिटी ईन्चार्ज तिर्थराज ढकाल, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य विनोद धामी, युवा संघका केन्द्रीय सचिवालय सदस्य मोहन साउँदलगायतले समेत धारणा राख्नुभएको थियो ।


१९ मंसिर २०७८, आइतवार १७:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु