punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा किशोरीलाई आत्मरक्षा तालिम

Chaupati
safha napa

हिंसाबाट जोगिन यहाँका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गर्न थालिएको छ। यहाँको दिपायल सिलगढी नगरपालिकाले महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ४० किशोरीलाई सो तालिम प्रदान गरेको हो। महिला तथा किशोरीमाथि हुनसक्ने आपराधिक घटना तथा क्रियाकलापलाई निरुत्साहित गर्ने ध्येयले उक्त तालिम दिन थालिएको महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बूले बताइन्।

महिला, बालिका तथा किशोरीमाथि हुने दुव्र्यवहार अन्त्य गर्न उक्त तालिमले निकै सहज हुने अपेक्षा लिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिए। उक्त तालिममा किशोरीहरू आपराधिक व्यक्तिको आक्रमणबाट कसरी बच्ने, संवेदनशील अङ्ग कसरी बचावट गर्नेदेखि आफूले प्रतिकार कसरी गर्ने भन्नेलगायतका सीपसहित प्रशिक्षण प्रदान गरिएको छ। उक्त तालिममा यहाँका स्थानीय बिद्यालयका किशोरीलाई समावेश गरिएको छ।

विषेशगरी छात्रालाई विद्यालयमा वा घरमा आउने जाने समयमा त्यस्ता आपराधिक घटना घट्न सक्ने भएकाले आत्मारक्षा तालिमको सुरुआत गरिएको नगरप्रमुख मञ्जु मलासीले बताइन्। उनले भनिन्, “विद्यालय जाने किशोरी प्रायः गरी आपराधिक घटनाका सिकार हुन थालेकाले त्यस्ता घटनाको सामना गर्न र सक्षम बनाउन हामीले किशोरीलाई तालिम दिन थालेका छौँ।”

पहिलो चरणमा यहाँको पद्म पब्लिक मुक्तिनारायण माध्यामिक विद्यालयका ४० किशोरीलाई उक्त तालिममा सहभागी गराइएको छ। उक्त तालिम निकट भविष्यमै नगरपालिकाका सबै वडामा रहेका बिद्यालयका किशोरीलाई दिइने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ।


१९ मंसिर २०७८, आइतवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु