punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश सभापतिको मेरो उम्मेदवारी बाध्यात्मक हो : बलायर

Chaupati
safha napa

सुदूरपश्चिममा काँग्रेसको संस्थापन समूहका नेताहरुको घनिभूत छलफलपछि पूर्वमन्त्री बीरबहादुर बलायर प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । सभापतिका लागि पाँच जनाले उम्मेदवारी नै घोषणा गरेको अवस्थामा अन्तिममा चर्चामै नरहेका बलायर सभापतिका उम्मेदवार बन्न पुगेका हुन् ।

उनको उम्मेदवारीमा सहमती भएपनि प्रतिक्रिया दिँदै उनले प्रदेश सभापतिका लागि आफ्नो उम्मेदवारी बाध्यात्मक भएको बताएका छन् । सुदूरपश्चिममा काँग्रेसको संगठनलाई शसक्त बनाउनका लागि सबैले आफूलाई सभापतिमा उठ्नुपर्छ भनेर जोड गरेपछि उम्मेदवार बनेको उनले बताए ।

‘सुदूरपश्चिममा कांग्रेसको संगठनलाई शसक्त बनाउन मेरो उम्मेदवारी हो,’ उनले भने, ‘अब काँग्रेसको नाममा सूर्यमा भोट हाल्ने प्रवृत्ति अन्त्य गर्नुछ ।’

उनले प्रदेशका ९ वटै जिल्लामा आफनो नेतृत्वको संगठनले पाँच वर्षभित्र आगामी निर्वाचनमा नयाँ रुपातरण ल्याउनने आफनो पतिवद्धता रहेको बताए । ‘म एन्टी कम्यूनिष्ट मानिस हुँ, अहिलेको देशको कम्युनिष्टको ज्यादतीविरुद्ध काग्रेसलाई उभ्याउनुछ,’ उनले भने, ‘कम्युनिष्टलाई पराजय गर्नका लागि मेरो नेतृत्वले काम गर्ने छ ।’

कम्युनिष्टसंग सहकार्य गरिराख्दा क्षति व्यहोर्नु पर्न अवस्था नआवसर भन्न र त्यसको अन्त्यका लागि आफू उम्मेदवार बनेको उनको भनाई छ ।


१७ मंसिर २०७८, शुक्रवार १७:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु