punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

Chaupati
safha napa

यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान बनाएको छ। समूह चरणको अन्तिम तथा निर्णायक खेलमा बागमती केवल ९६ रनमा समेटिएपछि सुदूरपश्चिमले उक्त लक्ष्य २ विकेट मात्र गुमाएर पूरा गरेको थियो।

जितसँगै समूह चरणमा सुदूरपश्चिमको ८ अंक बनाएर अंक तालिकामा दोस्रो रहँदै फाइनलमा स्थान बनायो। यसअघि नै १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ३० दशमलव १ ओभरमा सबै विकेट गुमाएर केवल ९५ रन मात्रै जोड्न सक्यो।

बागमतीका लागि विवेक मगरले ७५ बलमा ३२ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै कृष कार्कीले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन्। बागमतीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त मल्ल र शेर मल्लले क्रमशः ५ र ४ विकेट लिएका थिए। जवाफी इनिङ सुरू गरेको सुदूरपश्चिमले २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा नरेश भट्ट र राहुल भण्डारीले तेस्रो विकेटका लागि अविजित ५८ रनको साझेदारी गर्दै टीमलाइ जित दिलाए। भट्टले ५८ बलमा ३७ रनको अविजित इनिङ खेल्दा भण्डारीले ३९ बलमा ३१ रन बनाए।

कप्तान खडक बोहोरा ५ रनमा आउट हुँदा बसन्त कार्की ११ रन बनाएर पेभिलियन फर्किएका थिए। बागमतीका लागि प्रतिश जिसी र गौतम केसीले समान १९१ विकेट लिए। जितसँगै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको छ।अब उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीसँग आइतबार टियू मैदान कीर्तिपुरमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।


१७ मंसिर २०७८, शुक्रवार १६:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु