punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा भेटियो सात टाउके नागको काँचुली, हेर्नेको ओइरो

Chaupati
safha napa

भारतमा सात टाउके नागको काँचुली भेटिएको छ ।
तमिलनाडुबाट करिब ६० किलोमिटर टाढा डोड्डी गाउँमा सात टाउके नागको काँचुली भेटिएको हो ।

यसलाई हेर्न उक्त स्थानमा निकै ठूलो भीड लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मानिसहरुले त्यहाँ सात टाउके नाग त देखेनन् तर उनीहरुले काँचुली देखेर नै निकै आश्चर्य जनाइरहेका छन् ।

त्यो ठाउँमा सात टाउको वाला नागको काँचुली भेटेपछि निकै धेरै मानिस त्यहाँ पुगेका छन् । त्यहाँको मन्दिरका एक पुजारीले यो काँचुली देखेका थिए । उनले काँचुली देखेपछि नियालेर हेर्दा केही पर सात वटा टाउको छुटिएको काँचुली भेटेका थिए ।

मन्दिर वरपर सफाइ गर्दा त्यो काँचुली भेटिएकाले पनि त्यसलाई दैवीशक्ति मानिएको छ । त्यो मन्दिर शक्तिशाली भएको कुरा यसले पनि प्रमाणित गरेको त्यहाँका व्यक्तिहरुले दाबी गर्न थालेका छन् ।


१६ मंसिर २०७८, बिहीवार ०५:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु