शौचालयमा लडेर वडाध्यक्षको मृत्यु
बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ।
सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर ७३ वर्षीय बस्यालको मृत्यु भएको बुटवल–१ का वडाध्यक्ष महेन्द्र लिगलले जानकारी दिए।
शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थिए। उनी क्यान्सर रोगबाट पनि पीडित थिए ।
६ मंसिर २०७८, सोमवार १८:५६ बजे प्रकाशित











