भूपेन्द्र हत्या प्रकरण : थप एक जना पक्राउ, अझै ६ फरार

कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् ।

प्रहरीले हत्याका आरोपीमध्येका थप एक जना मदन शाहीलाई सुनसरीबाट पक्राउ गरेपछि पक्राउ पर्नेको संख्या १० पुगेको हो । उनी लुकिछिपी धरानमा बस्दै आएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा अझै ६ जना पक्राउ गर्न बाँकी छ ।

२३ कात्तिको राति टीकापुर नगरपालिकाको सिद्धार्थ होटल नजिकै लम्कीका भूपेन्द्र बडुवालको नवीन रावलको समूहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । रावल अझै फरार छन् ।

घटनामा दुई समूहबीचको द्वन्द्व मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।


६ मंसिर २०७८, सोमवार १६:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु