कैलालीका १० प्रदेश निर्वाचन क्षेत्रमध्ये ९ वटामा सभापति शाह पक्ष निर्वाचित
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तर्गत भएको प्रदेश सभा क्षेत्रीय अधिबेशनमा कैलालीका ९ क्षेत्रमा बर्तमान जिल्ला सभापति नरनारायण शाह पक्षधर विजयी भएका छन् । कैलालीमा १० प्रदेश सभा क्षेत्र छन् ।
जस अन्तर्गत क्षेत्र नम्बर -१ को क मा प्रशुराम महतो कठरिया, ख मा बलिराम चौधरी,
क्षेत्र नम्बर-२ को क मा भीम जैसी, ख मा तेज प्रकाश मल्ल, क्षेत्र नम्बर-३ को क मा रामप्रसाद चौधरी र ख मा कमलराज चौधरी सभापतिमा निर्वाचित भएका छन् ।
यस्तै क्षेत्र नम्बर-४ को क मा काशिराम शर्मा,
क्षेत्र नम्बर ५ को क मा सिताराम राना र ख मा केशब जोशी सभापतिमा निर्वाचित भएका छन् । उनीहरू सबै कैलाकीका बर्तमान जिल्ला सभापति शाह पक्षधर हुन् ।
सभापति इतर पक्षमा क्षेत्र नम्बर ४ को ख को सभापतिमा गोपाल दत्त भट्ट निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा रहेका शाहको यो दोस्रो कार्यकाल हो । उनी सुदूरपशिचम प्रदेशमा सभापतिमा लडने तयारीमा छन् ।
गत कात्तिक २७ गते सम्पन्न १२६ वटा अधिबेशन र ३० गते सम्पन्न पालिका अधिबेशनमा पनि शाह प्यानले सबै स्थानमा जितेको छ ।
शनिबार बसेको सुदूरपश्चिम प्रदेश प्रथम अधिबेशन मुल ब्यवस्थापन समितिको बैठकले शाहलाई संयोजकसमेत तोकेको छ ।
भोलि ६ गते हुने क्षेत्रीय अधिबेशनको आजै मनोनायन गर्ने र १० गते हुने जिल्ला अधिबेशनका लागि मंसिर ९ गते मनोनयन गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत टेकप्रसाद सुबेदीले जानकारी दिए ।
५ मंसिर २०७८, आइतवार ०८:५२ बजे प्रकाशित












