कैलालीको निङ्ग्लासैनी मन्दिरमा जाँत हुने
कैलालीको धनगढी उपमहानगरपालिका- १३ कैलाली गाउँमा रहेको निङ्गलासैनी भगवती मन्दिरमा जाँत हुने भएको छ ।
मन्दिर मंसिर ७ गते रतेडी र ८ गते जाँत हुने निङ्गलासैनी भगवती मन्दिर ब्यवस्थापन समितीका कोषाध्यक्ष दीर्घराज ओझाले जानकारी दिए ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष दशमी तिथिमा हुँदै आएको रतेडी र जाँत यस वर्ष केही दिन सरेको उनले बताए । उनका अनुसार ७ गते राति महिला पुरुषको संयुक्त देउडा खेल र देउता पुज्ने कार्यक्रम रहने छन्।
मेलामा विगतका वर्षझैं यो वर्ष पनि धामी झाँक्रीहरुको नाँच हुनेछ। साथै भक्तजनहरूलाई देवी प्रसाद प्रदान गर्ने र डेउडा प्रेमीहरुले आफ्नो प्रस्तुति प्रदर्शन गर्ने कार्यक्रम रहने जनाइएको छ।
टाढाबाट आउनेहरुलाई खान र बस्नका लागिसमेत ब्यवस्था गर्ने मन्दिर ब्यवस्थापन समितिले निर्णय गरेको कोषाध्यक्ष ओझाले जानकारी दिए ।
५ मंसिर २०७८, आइतवार ०८:१८ बजे प्रकाशित












