punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दिल्लीमा घरबाट काम गर्न र उद्योग बन्द गर्न सुझाव

Chaupati
safha napa

भारतको दिल्ली सरकारले दिल्लीमा ुघरबाट कामु नीति लागू गर्ने र केही उद्योग बन्द गर्ने जस्ता कदम चाल्न सुझाव दिएको छ। दिल्लीका वातावरणमन्त्री गोपाल रायले मंगलबारको वायु गुणस्तर व्यवस्थापन आयोगको बैठकमा यस्तो सुझाव दिएका हुन्।

दिल्लीमा प्रदूषणबाट बच्न मुख्यमन्त्री अरविन्द केजरीवालले गत शनिबार एक साताका लागि स्कूल बन्द गर्ने, निर्माण गतिविधिमा प्रतिबन्ध लगाउने र सरकारी कर्मचारीहरूका लागि घरबाट काम गर्ने घोषणा गरेका थिए।

सर्वोच्च अदालतले यसबारे सोमबार वायु गुणस्तर व्यवस्थापन आयोगलाई संयुक्त बैठक बोलाउन निर्देशन दिएको थियो। मंगलबारको बैठकमा पञ्जाब, राजस्थान, हरियाणा र उत्तर प्रदेश राज्यका अधिकारी पनि सहभागी थिए।

मन्त्री रायले भने, ‘बैठकमा दिल्ली सरकारका अधिकारीले दिल्लीमा ‘वर्क फ्रम होम’ नीति लागू गर्न, निर्माण कार्यमा प्रतिबन्ध र प्रदूषण नियन्त्रण गर्न उद्योग बन्द गर्न सुझाव दिएका थिए। अन्य राज्यले पनि आफ्नो विचार व्यक्त गरेका छन्। तिनीहरू यसका लागि तयार छन्। हामी आयोगको आधिकारिक सूचनाको पर्खाइमा छौं।’

त्यसपछि मात्रै संयुक्त कार्ययोजना तयार गर्न सकिने मन्त्री रायले जानकारी दिए। उनले केन्द्रीय वातावरण मन्त्रीलाई दिल्लीको प्रदूषणमा पराल जलाउने कामको आशंका हटाउन आग्रह गरे।

रायले भने, ‘हिजो केन्द्र सरकारले दिल्लीको प्रदूषणमा चार प्रतिशत मात्रै पराल जलाउने काम जिम्मेवार रहेको जानकारी दिएको थियो। यसमा ३५ देखि ४० प्रतिशत जिम्मेवार छ। कुन सही होरु केन्द्र सरकारले स्पष्ट पारोस्।’

दिल्ली सरकारले राजधानीको वायु प्रदूषण बढ्नुमा छिमेकी राज्यहरूमा पराल जलाएको आरोप लगाउँदै आएको छ। दिल्ली विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ। औद्योगिक गतिविधि र अत्यधिक सवारीसाधनको चाप सहरको वायु प्रदूषणको मुख्य कारक बनेको छ।एजेन्सी


३० कात्तिक २०७८, मंगलवार १८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु