punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार महासंघका पूर्वअध्यक्ष झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक

Chaupati
safha napa

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच झाद्वारा लिखित मैथिलीको पहिलो तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक भएको हो।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकारद्वय तारानाथ दाहाल र बबिता बस्नेत, साहित्यकार विजेता चौधरी, प्रकाशक दामोदर दवाडीले संयुक्त रूपमा झाको तांका संग्रह सार्वजनिक गरेका हुन्।

पत्रकार झा मैथिली साहित्यमा धर्मेन्द्र विह्वलका नामले स्थापित छन् ‌। झाले ११२ वटा तांका लेखिएको ‘व्योमक ओहि पार’ को प्रकाशण नेपालवाणी मिडिया गु्रप प्रालिले गरेको छ।यसअघि मैथिली तथा नेपाली भाषामा विभिन्न कृति लेखिसकेका झाले मैथिली भाषामा पहिलोपटक तांका संग्रह प्रकाशण गर्ने जमर्को गरेको बताए।

पत्रकारिताका साथै मैथिली र नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका झाको यसअघि मैथिलीमा रास्ता तकैत जिनगी ‘कविता संग्रह’, एक सृष्टि एक कविता ‘दीर्घ कविता’, एक समयक बात ‘हाइकु संग्रह’ र धुवाँएल आकृतिसभ ‘छौक संग्रह’ प्रकाशित भइसकेका छन्।

यसैगरी गोनुझाका कथाहरू, कौशलका परिहास, भ्रमरका उत्कृष्ट नाटकहरू, नेपाली मिथक कोष, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासलगायतका नेपाली कृतिहरू प्रकाशित भएका छन्।


३० कात्तिक २०७८, मंगलवार १८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु