punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुगुको गमगढीमा भीषण आगलागी, २१ वटा घर जलेर नष्ट

Chaupati
safha napa

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ ।अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिए ।

उनकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ।अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उहाँले बताए । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।


३० कात्तिक २०७८, मंगलवार ०९:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु