पेटबाट निकालियो मोबाइल, चिकित्सक चकित
पश्चिम इजिप्टमा एक व्यक्ति पेटबाट मोबाइल निकालिएको छ । पेट निकै दुखेपछि चिकित्सक कहाँ गएका व्यक्तिको पेटबाट मोबाइल निकालिएको हो ।
चिकित्सकले उनको पेटको एक्सरे गर्दा मोबाइल देखेपछि सल्यक्रिया गरेका थिए । एक्सरे रिपोर्टमा ती व्यक्तिको पेटमा मोवाईल देखेपछि चिकित्सक नै चकित भएका थिए ।
पश्चिमी इजिप्टको आसवान युनिर्भसिटी अस्पताल भएको घटनाको समाचार अनुसार ती व्यक्तिले ६ महिना अगाडि एउटा मोबाइल फोन निलेका थिए ।
स्वभाविक प्रक्रियाबाट दिशामार्फत मोबाईल बाहिर निस्कने आशामा उनले कसैलाई पनि भनेनन् । किनकी, आफ्नो अस्वभाविक कामबाट उनी आफै लज्जित थिए । तर, पेट दुखेर साह्रै पीडा हुन थालेपछि उनी चिकित्सककहाँ गएका थिए ।
मोवाइलका कारण उनलाई खान पनि असजिलो भएको थियो ।
ती व्यक्तिले आफ्नो समस्या बताउने बित्तिकै चिकित्सकले एक्सरे गरेर हेरे ।
मानिसले मोबाइल निलेर शल्यक्रियामार्फत झिकेको संभवत यो पहिलो घटना भएको चिकित्सकहरुले बताएका छन् । मोवाइल पेटबाट निकाले पनि ती व्यक्तिको स्वास्थ्य अवस्थाबारे थप केही बताइएको छैन् ।
शल्यक्रियापछि ती व्यक्ति पूर्ण रुपमा स्वस्थ हुने चिकित्सकहरुको विश्वास छ । उनले किन मोवाइल खाए भन्ने बारेमा केही खुलाइएको छैन ।
२९ कात्तिक २०७८, सोमवार १४:४१ बजे प्रकाशित













