कैलाली अदालतमा बारको धर्ना

बार एशोसिएशन कैलालीले सोमबार पनि कैलाली जिल्ला अदालत अगाडि धर्ना दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सोमबार पनि कैलाली जिल्ला अदालत अगाडि कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर धर्ना दिएका हुन् ।

न्यायापालिकाको सुद्धिकरण र प्रधानन्यायाधीशको राजीनामाको सम्बन्धमा नेपाल बार एशोसिएशनको विरोध कार्यक्रमलाई ऐक्यवद्धता सहित कैलाली अदालत अगाडि सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिइएको कैलाली बारका अध्यक्ष शिद्धराज ओझाले जानकारी दिए ।

आइतबार पनि कैलाली जिल्ला अदालत अगाडि बारले कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएको थियो । मंगलबार पनि कैलाली जिल्ला अदालत अगाडि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको छ ।


२९ कात्तिक २०७८, सोमवार १२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु