punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पञ्चदेवल बिनायक– ४ को समाजवादीको वडा कमिटीमा शाही

Chaupati
safha napa

अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ४ कालीकास्थानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ ।

टिकाबहादुर शाहीको अध्यक्षतामा ३९ सदस्यीय वडा संगठन कमिटी गठन गरिएको हो । वडा संगठन कमिटीको उपाध्यक्ष पदम बिक, सचिबमा बलबहादुर कडायत, उपसचिव राधिका बिक चयन भएका छ्न् ।

शाहीको अध्यक्षतामा भएको वडा संगठन कमिटी भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र बिष्ट रहनुभएको थियो । भेलालाई सम्बोधन गर्दै बिष्टले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताए ।

यस्तै प्रथम भेलाले सपना बिष्टको अध्यक्ष २१ सदस्यीय अनेरास्ववियु, कृष्णा बिकको अध्यक्षतामा २१ अनेमसंघ, तप्त बिकको अध्यक्षतामा युवा कमिटी र कमल रावलको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको अनेरास्ववियू केन्द्रीय सदस्य शेरबहादुर बिकले जानकारी दिए ।

प्रथम भेलामा जिल्ला कमिटी सदस्य इन्द्र बिक, हस्त सिंह नेपाली, नगर कमिटी अध्यक्ष ललितबहादुर शाही, जिल्ला कमिटी सदस्य सर्जन तारामी मगर, अनेरास्ववियू केन्द्रीय कमिटी सचिवालय सदस्य (धिरेन्द्रबहादुर शाही, शिक्षक महासंघ नगर कमिटी अध्यक्ष झंकर बिकलगायतको सहभागिता रहेको थियो ।

नरेश चलाउनेले स्वागत गरेको कार्यक्रमको सञ्चालन अनेरास्ववियू केन्द्रीय सदस्य बिकले गरेका थिए ।


२८ कात्तिक २०७८, आइतवार १९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु