punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण

Chaupati
safha napa

विश्व मधुमेह दिवसको अवसरमा धनगढी वडा न.१२ जुगेडामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।नसर्ने रोग जोखिम न्यूनीकरण गर्ने तथा नागरिकहरुला स्वास्थ्य सेवाको मुल धारमा ल्याउने सरकारको उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम भएको हो ।

नागरिकहरुका स्वास्थ्य समस्याहरुलाई उठान गर्ने स्वास्थ्य विमा कार्यक्रममा सहज पहुँच बनाउने तथा टोलटोलमा स्वास्थ्य परीक्षण कार्य गर्ने जस्ता कार्यक्रम रहेका छन । मधुमेह भन्नाले चयोपचय विकार (मेटाबोलिक डिस्अर्डर) समूह जनित रोग हो ।

जसमा मुख्यतः रगतमा चिनीको मात्रा बढी हुने हाइपरग्लाइसेमिया, हाइपरग्लाइसेमियाको कारणहरुमध्ये इन्सुलिन हर्मोन कम मात्रामा उत्पादन हुनु, इन्सुलिन हर्मोनको उपभोग कोशिकाहरुले कम गर्नु तथा ग्लुकोजको उत्पादन शरीरमा बढी हुनु हुन्छ ।

मधुमेहमा हुने चयोपचयको गडबढीले शरीरको विभिन्न अंगहरुमा प्याथो फिजियोलोजिकल परिवर्तन ल्याई विभिन्न उपद्रवहरु जस्तैः मिर्गौला बिग्रिने, मोटोपना, डाइबोटिक रेटिनोप्याथी, डाइबोटिक न्युरोप्याथी, हाइपरटेन्सन आदि हुने हुन्छ ।

डब्ल्युएचओ नेपालका अनुसार २०१८ को प्रतिवेदन अनुसार नसर्ने रोगको भार ६० प्रतिशत बाट बढेर ६६ प्रतिशत रहेको छ । जसमा प्रमुख नसर्ने रोगहरुमा मुधुमेह वा सुगर रोग प्रमुख रहेको छ ו त्यसैले नसर्ने रोग जोखिम न्यूनीकरणको लागि जनचेतनामूलक सन्देश जाने साथै आफ्नो टोल छिमेकमै स्वास्थय सेवाको लाभ लिएका छन ।

नियमित शारीरिक व्यायाम, योगा, स्वस्थकर खाना खानु, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मधयपानको सेवन नगर्नु नै मुख्य नसर्नेको रोगको जोखिम न्यूनीकरण गर्ने उपाय हुन ।सबैले आ आफ्नो जिवन निर्वाह गर्ने शैलीमा परिवर्तन गर्नु जरुरी रहेको जनाएको छ । स्वास्थ्य परीक्षण कार्यक्रममा ८० जनाले स्वास्थ्य परीक्षण गरि स्वास्थ्य सेवा लिएका थिए ।

नागरिकहरुको स्वास्थ्य परीक्षणमा तौल, उचाई , रक्तचाप, मधुमेह, पेटकको मापन, बिएमआइ, आवश्यकता अनुसारको औषधि,स्वास्थ्य परामर्श, स्वास्थ्य शिक्षा,स्वास्थ्य विमा, योगा, व्यायाम, खानपान, वारेमा जानकारी दिएको थियो । स्वास्थ्य कार्यलय कैलालीको आयोजनामा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा धनगढी उपमहानगर–१२ का वडा अध्यक्ष गणेशप्रसाद जोशी, स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट मिनबहादुर धामी, स्टाफ नर्स गिता डागी, तथा शहरी स्वास्थ्य केन्द्र वडा नं. १२ का स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।


२८ कात्तिक २०७८, आइतवार १९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु