सडक सञ्चालन गर्न मन्त्रीलाई ज्ञापन
महाकाली नगरपालिकाको वडा नम्बर ३ जाइझुल जोड्न गरी निर्माण सुरु भएको सडक अलपत्र परेको भन्दै सडक सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । आर्थिक वर्ष ०७४।०७५ बाट निर्माण सुरु भएको खलंगा बंगाबगड हुँदै जायझुल जोड्ने सडक अलपत्र परेको भन्दै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई ज्ञापन बुझाइएको छ ।
बांगाबगडदेखि जायझुलहुदै खलंगा स्वास्थ्य चौकी बजारसम्म सडकका लागि बजेट विनीयोजन भएको तर उतm सडक हालसम्म २ सय देखि २ सय ५० मिटर जति ट्रयाक खोलेर अहिलेसम्म अलपत्र परेको स्थानीय बताएकाछन् । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण सुरु गरेको यो सडक कहिले बन्छ, स्थानीय रमेशराज भट्टले भने, सडक निर्माण सुरु हुँदा गाउँमा सडक पुग्ने आशामा खुसी भएका नागरिक अहिले निराश छन् ।
यो सडक बन्ने वा नबन्ने अहिलेसम्म कुनै ठेगान छैन् । सडक बन्ने नबन्ने जानकारी पनि हुँदैन् । सदरमुकाम नजिकैको वडा भए पनि यो क्षेत्रसम्म अहिलेसम्म सडक मार्ग पुर्याइएको छैन् । यहाँका खेतीपाती राम्रो हुँदैन् ।
गाईभैसीको दुहँ, दही र दाउँरा लगायतका समान बेचेर दैनिक बोकेरै खाद्यान्न गाउँ पुर्याउनुपर्छ । तर सडक बन्ने आशामा बसेका नागरिक सडक अलपत्र परेपछि निराश छन् स्थानीयले ज्ञापनमा भनेका छन् ।
२५ कात्तिक २०७८, बिहीवार १८:३९ बजे प्रकाशित































