फुलबारी बसपार्क सञ्चालनमा, देशका विभिन्न रुटमा बस चल्ने

कैलालीको धनगढी उपमहानगरपालिका १९ मा रहेको फुलबारी बसपार्क आइतबारदेखि सञ्चालनमा आएको छ । गत भाद्रमा निर्माण सम्पन्न भएपनि स्थानीयको अवरोधका कारण उक्त बसपार्क सञ्चालनमा आउन सकेको थिएन ।

बसपार्कको एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । बसपार्क उद्घाटन गर्दै नगरप्रमुख वडले उपमहानगरपालिकाले उपलब्ध गराएको १७ कट्ठा जग्गामा बसपार्क निर्माण भएको बताए ।

उनले बसपार्कमा हाल ५० वटा बस अटाउने क्षमता रहेको बताए । टर्मिनल भवन, पार्किङ एरिया, खानेपानी, घण्टाघरलगायतका संरचनासमेत निर्माण भएको बताए ।

सघन शहरी विकास कार्यक्रम अन्तरगत निर्माण भएको बसपार्क धनगढी उपमहानगरपालिकालाई भाद्रमै हस्तान्तरण भएको उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताए ।

उनका अनुसार निर्माण कम्पनी देव एण्ड सायर मसिना जेबी महेन्द्रनगरले २ करोड ७५ लाख १५ हजार रुपैयाँको लागतमा २०७४ असार ३० सम्झौता गरि २०७८ भाद्रमा निर्माण कार्य सकेको थियो ।

बसपार्कबाट सुदूरपश्चिमका पहाडी जिल्लासहित काठमाडौं, पोखरा, बिराटनगरसम्म बस सञ्चालन हुने बताइएको छ ।


२१ कात्तिक २०७८, आइतवार १७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु