#belauri nagarpalika
#belauri

जुवाखालबाट समातिएका कांग्रेस सभापति अस्पताल भर्ना

#belauri
#bhimdat

जुवा खालबाट पक्राउ परेका नेपाली कांग्रेस, दोलखाका सभापति बर्मा लामा सुटुक्क अस्पताल लगिएको छ । बिहीबार मध्यराति पक्राउ परेका उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकु स्रोतका अनुसार उनलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । स्रोतका अनुसार कांग्रेस नेताहरुको दबाब परेपछि प्रहरीले उनलाई अस्पताल लैजाने व्यवस्था मिलाएको थियो । अस्पतालमा उनलाई उच्च रक्तचापको समस्या भएको भनिएको छ ।

तिहारको सरकारी विदा सोमबार सकिएलगत्तै उनीसहित १८ जनाविरुद्धको जुवासम्बन्धी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।लामा दशैंअघि भएको जिल्ला अधिवेशनबाट दोलखा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

उनी पक्राउ परेको खालबाट प्रहरीले ६ लाख रुपैयाँ बरामद गरेको थियो । जुवा खेलाउने सागर लामा अझै फरार छन् ।विभिन्न मुद्दामा पक्राउ पर्ने पहुँचवालाहरुले हिरासतमा बस्नुभन्दा बिरामी भएको भनी अस्पताल बस्ने गरेका छन् ।

 


२१ कात्तिक २०७८, आइतवार १४:२८ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु