punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चीनद्वारा १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण

Chaupati
safha napa

चीनले नेपाललाई १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गर्नुभएको हो ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले नेपाल–चीन सम्बन्धमा नयाँ इँटा थपिएको बताउनुभएको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले गोरखापत्र अनलाइलाई जानकारी दिए । खतिवडाले चीन सरकार र राजदूत होउ यान्छीलाई धन्यवाद दिनुभएको थियो ।

चीनबाट हालसम्म पटक पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरू आउने प्रक्रियामा रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।


१७ कात्तिक २०७८, बुधवार १८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु