punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साढे ११ लाखभन्दा बढीको पटाका नष्ट

Chaupati
safha napa

तिहार र छठलाई लक्षित गरी भारतबाट नेपाल भित्र्याइएको साढे ११ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरिएको छ। झापा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको उक्त पटाका सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नष्ट गरेका छन्।

खुला सीमा नाकाबाट प्रतिबन्धित पटाका नेपाल भित्र्याउने क्रममा सीमा नाका तथा बजारक्षेत्रबाट सशस्त्र प्रहरीले पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २ झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए। अनुमानित ८ लाख २० हजार ५ सय मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरिएको उनले बताए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट बरामद गरिएको अन्दाजी साढे ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरी आजै नष्ट गरेको छ। जनप्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य सङ्घ लगायतको रोहवरमा बरामद पटाका पानी भएको खाल्डोमा पुरेर नष्ट गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए।

विगत वर्षभन्दा यो वर्ष पटाका थोरै मात्रामा भित्रिएको उनको भनाइ छ। कोरोना भाइरस र भारतको पश्चिम बंगाल सरकारले पटाका बिक्री वितरणमा पूर्ण रोक लगाएका कारण विहार नाकाबाट मात्र यो वर्ष पटाका भित्रिएको उनले बताए।


१७ कात्तिक २०७८, बुधवार १८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु