punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कौडा खेलिरहेका बेला ९ लाख नगदसहित २९ जना पक्राउ

Chaupati
safha napa

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा ९ लाख ११ हजार रुपैयाँसहित २९ जना पक्राउ परेका छन्। स्थानीय बिलबहादुर गुरुङको घरमा मंगलबार राति कौडा खेलिरहेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

ठूलो धनराशिका साथ कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार शुक्लागण्डकी नगरपालिका–८ का भानुभक्त पराजुली, शुक्लागण्डकी–४ का सुरज रामजाली, नीर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित जुहारचन, राजु पुन, राजु मगर र मानबहादुर परियारलाई पक्राउ गरिएको हो।

यसैगरी शुक्लागण्डकी नगरपालिका–२ का रुपेश गुरुङ, शुक्लागण्डकी नगरपालिका–३ का गोविन्द विक, दीपक सुनार, विष्णु विश्वकर्मा, शुक्लागण्डकी नगरपालिका–८ का नारायणसिंह थापा, चुडामणि पौडेल, रमेश भट्टराई, बिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल र शुक्लागण्डकी नगरपालिका–११ का कृता भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस


१७ कात्तिक २०७८, बुधवार ०९:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु