punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विवादबीच कैलालीमा सात पालिकामा एमालेको नेतृत्व चयन

Chaupati
safha napa

विवादका बीच कैलालीका सात वटा पालिकामा एमालेले नेतृत्व चयन गरेको छ । पार्टीले सर्वसम्मत भने पनि केहीले असन्तुुष्टि जनाइरहेका छन्।धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा नेतृत्व चयन भएको हो ।

दुईवटा पालिकाको अध्यक्षमा महिला छानिएका छन् । गौरीगंगा नगरपालिकामा शान्ति सिंह र कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष चयन भएकी छन् ।यस्तै धनगढीमा रामचन्द्र जोशी अध्यक्ष चयन भएका छन् । उनलाई जबरजस्ती अध्यक्ष घोषणा गरेकोमा अर्का अध्यक्षका दाबेदार चुडामणि भट्टले सामाजिक सञ्जालमै असन्तुष्टि प्रकट गरेका छन् ।

जानकी गाउँपालिकामा खकेन्द्र भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय कमिटी चयन भएको छ ।यस्तै जोशीपुर गाउँपालिकाामा केशर चौधरीको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी चयन भएको छ ।चुरे गाउपालिकामा चक्र बोगटीको अध्यक्षतमा ७५ सदस्यीय कमिटी चयन भएको छ । बर्दगोरिया गाउँपालिकामा मधुकर सिजापतिको अध्यक्षतमा ६० सदस्यीय कमिटी गठन भएको छ ।

जिल्लाका १३ वटा मध्ये छवटा पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी रहेको छ ।लम्कीचुहा, घोडाघोडी, नगरपालिका र मोहन्याल, गाउँपालिका सहमतिमा नेतृत्व चयनका प्रयास भइरहेको छ भने गोदावरी र टीकापुर नगरपालिकामा २२ गते, भजनीमा २३ गते मात्रै बन्द सत्र गरेर नेतृत्व चयन गरिने एमाले कैलालीले जनाएको छ ।


१७ कात्तिक २०७८, बुधवार ०९:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु