तालिबानमाथि हवाइ आक्रामण गर्ने आदित्यनाथको चेतावनी

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले तालिबानले भारतविरुद्ध गतिविधि गरे, त्यसको जवाफमा हवाइ आक्रामण गर्ने चेतावनी दिएका छन् । तालिबानका कारण अफगानिस्तान आफैँ र छिमेकी पाकिस्तानले समेत असुरक्षित महसूस गरिरहेको तर भारत उनीहरू जस्तो सहेर नबस्ने आदित्यनाथको भनाइ थियो ।

‘आजको भारत, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा छ । यो बलियो भारत हो । कसैले भारतविरुद्ध गतिविधि गरे हामी सहेर बस्दैनौँ । अफगानिस्तान र पाकिस्तानमा तालिबानका कारण चिन्ता छ ।

तर, तालिबानलाई थाहा छ, यदि उसले भारत लक्षित गतिविधि गरे हामी हवाइ आक्रमणले जवाफ दिन्छौँ भनेर’ आइतबार लखनउमा सामाजिक प्रतिनिधि सम्मेलनलाई सम्बोधन गर्दै आदित्यनाथले भने ।

 


१५ कात्तिक २०७८, सोमवार १५:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु