सेती अस्पतालमा ८ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५९ जनाको कोरोना परिक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै सेतीमा हालसम्म सेतीमा पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएकाहरुको संख्या १ लाख १७ हजार २१ पुगेको छ । जसमध्ये हालसम्म २० हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । हाल सेतीमा ७ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ कोरोना संक्रमितको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।


१५ कात्तिक २०७८, सोमवार १५:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु