अफगानी नागरिक भित्रिन नदिन नाकामा कडाइ
भारतीय बाटो हुँदै अफगानी नागरिक भित्रिन सक्ने भन्दै कञ्चनपुरका नाकाहरुमा कडाइ गरिएको छ । गड्डाचौकी र गौरीफण्टा दुबै नाकामा भारतबाहेक तेस्रो मुलुकका नागरिक भित्रिन सक्ने भएकाले कडाइ गरिएको हो ।
सशस्त्र प्रहरीको झलारी स्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरका अनुसार अफगानी र रोहिंग्या शरणार्थी भित्रिने सक्ने भएकाले केही दिनदेखि कडाइ गरिएको हो । उनले भारतीय नागरिकको हकमा यसअघि नै पिसिआर परीक्षण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को अनलाइन फारम भर्नुपर्ने अपनवार्य गरिएको छ ।
गृह मन्त्रालयले भारतीय नागरिकका लागि पनि नेपाल प्रवेशमा परिचयपत्र अनिवार्य गरेपनि मातहतका निकायमा निर्देशन आएको छैन । ‘स्वास्थ्य मापदण्ड पालना गरेर भारत्यीलाई आउने दिने भनिएको छ, त्यस अन्तरगतपनि परिचयपत्र स्वतः खुल्छ,’ उनले भने, ‘परिचयपत्रकै लागि छुट्टै निर्देशन केही आएको छैन ।’
मुख्य नाकामा कडाइ गरिएपनि भित्रि नाकाहरुमा वारीपारी खेतबारीदेखि घाँस दाउरा आदीका लागि आउजाउ हुने गरेका कारण समस्या देखिएको छ ।
१५ कात्तिक २०७८, सोमवार १४:५६ बजे प्रकाशित












