‘हाम्रा प्रहरी संग हामी’
समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप ‘हाम्रा प्रहरीसंग हामी’ कार्यक्रम अन्तर्गत धनगढीमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार धनगढी उप–महानगरपालिका – ५ स्थित एक्सिस ईङ्ग्लिस बोर्डिङ स्कुलका शिक्षक तथा कक्षा ९ मा अध्ययनरत बिद्यार्थीलाई प्रशिक्षण दिएको हो ।
प्रशिक्षणका क्रममा प्रहरी निरीक्षक खगेन्द्र सिंह साउदले जिल्ला प्रहरी कार्यालय कैलालीका बिभिन्न शाखाहरुबाट सम्पादन गरिने प्रहरी सेवा तथा प्रहरी काम कारबाहीको प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।
त्यस्तै प्रशिक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको आवश्यकता र औचित्य, अपराध रहित सभ्य समाज निर्माणमा बिद्यार्थीहरुको भुमिका, किशोरा अवस्थामा आउन सक्ने सुरक्षा चुनौतीहरु, सुरक्षित रहन अपनाउनु पर्ने सावधानीहरु लगायत विविध बिषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका क्रममा ४० जना विद्यार्थीको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

८ कात्तिक २०७८, सोमवार १६:५७ बजे प्रकाशित































