punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विदेशी टोलीद्वारा शुक्लाफाँटामा दुर्लभ सानो खैरो गिद्धको अध्ययन

Chaupati
safha napa

विदेशी टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरको क्षेत्रमा विश्वमै दुर्लभ रहेको सानो खैरो गिद्धको अध्ययन गरेको छ। शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी टोली दुई दिन गिद्धको अध्ययन गरेको थियो।

सानो खैरो गिद्धको बासस्थान, आहारा र संख्याबारे अनुसन्धान गर्न जर्मनीका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित चितवन राष्ट्रिय निकुञ्ज सौराहका नेचर गाइड नारायण महतोको टोली आएका थिए। टोली बिहीबार फर्किएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड सुमन चौधरीले बताए।

‘अनुसन्धानकर्ता विदेशी पाहुनको टोली खयरकन्द्रा सामुदायिक घरवास ९होमस्टे०मा दुई दिन बसेर निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुसन्धान गरी फर्किएको छ’ उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरका सामुदायिक वनमा सानो खैरो गिद्धको बासस्थान रहेको छ।’

उनका अनुसार सानो खैरो गिद्धको अवलोकनका सँगै विभिन्न कोणबाट तस्वीर लिने कार्य अनुसन्धान टोलीले गरेको छ। गिद्धको अवस्था र आहारबारे समेत जानकारी लिने कार्य गरेका छन्। सुरुको दिनमै सानो खैरो गिद्ध देख्न पाएपछि अनुसन्धान टोली निकै उत्साहित बनेको चौधरीले बताए।

टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रकृति, पंछी र मानवबीच घनिष्ट सम्बन्ध रहेको र यस्तो सम्बन्ध नेपालभरको बसाइमा अन्त देख्न नपाएको बताए।विश्वमै दुर्लभ र प्रकृतिका कुचिकारका रुपमा रहेका गिद्धको अनुसन्धानका लागि पुगेको टोलीले चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरलगायत नेपालको हिमाली क्षेत्रमध्ये पोखरा र मुस्ताङसम्म पुगेर अनुसन्धान गर्ने बताइएको छ।

सानो खैरो गिद्ध नेपाललगायत दक्षिणपूर्वी एसियामा पाइन्छ। यस प्रजातिका गिद्ध ३५० मिटरदेखि एक हजार ५२५ मिटरसम्मको उचाइमा पाइने गर्दछ। मानव बस्ती नजिक यो गिद्धको बासस्थान रहने गर्दछ।


२८ असोज २०७८, बिहीवार १३:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु