punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहद्वारा नेपाल छाड्ने घोषणा

Chaupati
safha napa

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने बताएका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछि प्रेस कन्फ्रेन्समा उनले साफपछि राजीनामा दिएको बताएका हुन् ।

‘साफको फाईनल नेपाली टिमका लागि मेरो अन्तिम खेल हुनेछ, अब म नेपाल फर्कने छैन’ उनले भनेका छन् । अलमुताईरिको प्रशिक्षणमा नेपालले साफमा ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक फाईनल पुगेको छ ।

५ राष्ट्र सहभागि साफमा नेपाल ४ खेलबाट ७ अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनल पुगेको हो । अलमुताईरि गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए ।

अलमुताईरीको प्रशिक्षणमा नेपालले खेल्ने मानसिकतामा परिवर्तन भएको छ । उनले यसअघि पनि राजीनामा दिने भन्दै सामाजिक सञ्जालमा लेखेर विवादमा आएका थिए ।

 


२८ असोज २०७८, बिहीवार ०८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु