punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम कांग्रेसका आठ जिल्लामा को-को छन् नेतृत्वका आकांक्षी?

Chaupati
safha napa

नेपाली कांग्रेस १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पदाधिकारीका आकांक्षी पनि बढ्न थालेका छन्। सुदूरपश्चिम प्रदेश अध्यक्षमा ६ जना देखिएका छन्।कैलालीका सभापति नरनारायण शाह (मनु) बलिया दावेदार देखिएका छन्। उनी कैलालीमा दुईपटक सभापति भइसकेका छन्।

शाहसँगै बझाङका अर्जुनबहादुर सिह, कञ्चनपुरका बहादुरसिंह थापा, अछामका बलबहादुर कुँवर र अछामकै गोविन्द शाह पनि प्रदेश सभापतिको दौडमा छन्। उनीहरू सबै अहिले काठमाडौंमा नेताहरूकहाँ धाइरहेका छन्।

१३औं महाधिवेशनमा नौमध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरू निर्वाचित भएका थिए।प्रदेश राजधानी कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन्। वर्तमान उपसभापति प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवाले सभापतिमा उम्मेदवारी दिने बताएका छन्।

‘कैलाली सुदूरपश्चिमकै राजनीतिलाई प्रभाव पार्ने ठाउँ हो’ कैलाली सभापति शाहले भने, ‘त्यसैले पनि कैलालीमा आकांक्षी हुनु स्वाभाविक हो।’ उनले कांग्रेसमा धेरै नेता सक्षम भए पनि पार्टीको निर्णयअनुसार अन्तिम उम्मेदवारी घोषणा हुने बताए।कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी उस्तै छ। वर्तमान सभापति हरि बोहोरा, पदम बोगटी, गोपाल गुरुङले कञ्चनपुर सभापतिमा दावी गरेका छन्।

सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भएको छ। देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेका छन्। यस्तै नवलबहादुर मल्ल, वर्तमान उपसभापति करुणकर भट्टलगायतको नाम पनि चर्चामा छ।

बैतडी सभापतिमा नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन्। पूर्वसभापति शिवराज भट्ट, उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लबिङमा छन्।अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, नेता गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम चर्चामा छ।

डोटीमा वर्तमान सभापति प्रदीप देउवा, शिखवर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरू रामप्रसाद उपाध्याय, दीपक विष्ट र भूमिराज बडूको नाम चर्चामा छ।बझाङमा वर्तमान सभापति हर्कजंगबहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्वउसभापति देवराज शर्मा, नेता जगत जोशी, खडगबहादुर बोहोरा र रमेश भण्डारीको नाम चर्चामा छ।

पौडेल पक्षीय नेता दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहोरा, १३औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपभापति अमर धामी, सचिव हर्क बिष्टलगायतका नेताहरूको नाम चर्चामा छ। बाजुरमा भने रामसिंह रावल सभापतिमा विजयी भइसकेका छन्। न्युज कारखाना


२२ असोज २०७८, शुक्रवार १६:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु