punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सशस्त्र प्रहरी र एसएसबीबीच दिल्लीमा बैठक : सीमा क्षेत्रमा अपराध रोक्नेसहित १२ बुँदे सम्झौतामा हस्ताक्षर

दार्चुला घटनाबारे बैठकमा चर्चा भएन

Chaupati
safha napa

नेपालको सशष्त्र प्रहरी बल र भारतको सशष्त्र सीमा बल (एसएसबी)बीच सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि सम्बन्ध र सहकार्य बढाउने सहमति जुटेको छ । दुबै सुरक्षा निकायको दिल्लीमा बसेको तीन दिने बैठकमा उक्त सहमति जुटेको हो ।

सशष्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालका अनुसार फिल्डमा खटिने टोलीदेखि माथिल्लो तहसम्मका अधिकारीहरूबिच नियमित समन्व्य राख्‍ने सहमति भएको छ । कमाण्डरले आफ्ना समकक्षीसँग सीमा अपराध नियन्त्रण र आम मानिसलाई सहजता प्रदान गर्ने सम्बन्धमा नियमित छलफल गर्ने विषयमा दुबै पक्ष सहमत भएको उनले बताए ।

एसएसबीले बैठक आयोजना गरेको हो जसमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक खनालले र भारतको तर्फबाट एसएसबी प्रमुख महानिर्देशक कुमार राजेश चन्द्रले बैठकको नेतृत्व गरेका थिए । बैठकपछि दुबै पक्षका उच्च अधिकारीहरूले १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् ।

सीमा क्षेत्रको सुरक्षा चुनौतिको समाधान गर्न आपसी सहकार्य गर्ने, आपराधिक गतिवधि र त्यस्ता क्रियाकलापको सूचना समयमै एकले अर्को पक्षलाई प्रदान गर्ने, आम नागरिकलाई सहुलियत प्रदान गर्न मानिसको ओहोरदोहोर हुने सीमा क्षेत्रमा दुवै पक्षले हेल्प डेस्कको स्थापना गर्ने, मानव ओसारपोसारलाई कडाइका साथ नियन्त्रण गर्ने सहमति छन् ।

खुला सीमाको फाइदा उठाएर तेस्रो मुलुकका नागरिक अवैध तरिकाले एक अर्को मुलुकमा आउजाउ गर्ने भएकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्ने, त्यस्ता कार्यमा संलग्‍नहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने विषय समझदारीमा उल्लेख छ ।

बैठकमा एसएसबीले मुख्यतः नेपालमा आतंकवादी गतिविधि गर्ने व्यक्तिहरु नेपालको बाटो हुँदै भारत प्रवेश गर्न सक्नेतर्फ ध्यानाकर्षण गराएको थियो । यसमा रोक लगाउन भारतीय पक्षको चाहना देखिएको जनाइएको छ । नेपालले पनि विभिन्न तेस्रो मुलुकका व्यक्ति भारत हुँदै नेपाल पसेर शरणार्थी वा अवैध रुपमा बस्ने भएकाले चनाखो भइदिनु आग्रह गरेको छ । यस्तै, नक्कली नोट, लागूऔषध, तस्करीलगायतका अन्य अपराधजन्य कार्यलाई नियन्त्रण गर्न दुवै पक्षबीच सहकार्यलाई बढाउने समझदारी समेत भएको छ ।

दार्चुला घटनाबारे बैठकमा कुरा नभएको भनिएको छ । यसबारे परराष्ट्र मन्त्रालयले भारतीय समकक्षीलाई कूटनीतिक नोट लेखेकाले यसबारे चर्चा नभएको सहभागिले जनाए । वर्षेनी आलोपालो दुई देशमा हुँदै आएको यो बैठक गतवर्ष कोरोना महामारीले रोकिएको थियो । आगामी बैठक नेपालमा हुने जनाइएको छ ।


२१ असोज २०७८, बिहीवार १८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु