महाकाली नदी तार्नेक्रममा भेडा बोकासहित चार जना नियन्त्रणमा

महाकाली नदीमा भारतबाट नेपालतर्फ तार्दै गरेको अवस्थामा प्रहरीले अवैध ९ वटा भेडा र बोका सहित चार जनालाई नियन्त्रणमा लिएको छ । महाकाली नगरपालिका १ को सल्लेबगरमा भारत पिथौरागढको धार्चुला गलाती भएर नेपालतर्फ तार्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

दशैतिहारको लागि महाकाली नदी भएर बोका नेपालतर्फ तार्दै गरेको सूचना लगत्तै प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोलीले तीन बोका र ६ वटा भेडा बरामद गरेको हो ।

बरामद गरिएका ९ वटै भेडा र बोका मरेका छन् । महाकाली तार्नेक्रममा भेडा र बोका मरेको प्रहरीले जनाएको छ । यस्तै बोका सार्ने कार्यमा संग्लन चार जनामाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।


२१ असोज २०७८, बिहीवार १९:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु