punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३३ किलो सुन प्रकरणका आरोपी सबै प्रहरीलाई सफाइ

Chaupati
safha napa

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आरोपी सबै प्रहरीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै सुन तस्करीका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई दोषी ठहर गरेको छ ।

तर,सोही घटनामा आरोपी बनाइएका प्रहरीका बहालवाला तथा अवकाशप्राप्त सबै प्रहरी कर्मचारीहरूलाई न्यायाधीश भरत लम्सालको इजलासले सफाइ दिएको हो ।गृह मन्त्रालयका तत्कालीन सह(सचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिको सिफारिसको आधारमा समेत प्रहरी र कतिपय भरियालाई पक्राउ गरी अनुसन्धानको दायारलाई ल्याइएको थियो ।

सुन तस्करीमा सघाएको र अपराधि भगाउन सहयोग गरेको भन्दै प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, हालका डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यलाई प्रतिवादी बनाइएको थियो ।

उनीहरुमध्ये खत्री र राउतबाहेक अरु उच्च अदालत विराटनगरको आदेशमा त्यसैबेला छुटेका थिए । तर,मंगलबारको फैसलासँगै सबै प्रहरी अधिकृतले सबैले सफाइ पाएका हुन् ।यसैबीच मुख्य आरोपी उप्रेतीकी श्रीमति निरू भनिने नर्बदा खरेलले पनि सफाइ पाएकी छन् ।


१९ असोज २०७८, मंगलवार १५:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु