ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष तामाङ पक्राउ

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार सुन्धाराबाट पक्राउ गरेको हो।

तामाङ सिभिल बैंक, सिभिल होम्स तथा सिभिल सहकारीलगायतका मुख्य सञ्चालक हुन्। सिभिल सहकारीका निक्षेपकर्ताले उनपिविरुद्ध ठगीको उजुरी दिएका हुन्। निक्षेपकर्ताहरुले उनीविरुद्ध ४६ करोड रुपैयाँभन्दा बढीे ठगीको आरोप लगाएका छन्।

तामाङ विरुद्ध विभिन्न व्यक्तिबाट ठगीको उजुरी परेकाले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ब्युरोका डीआईजी धीरजप्रताप सिंहले बताए।

तामाङसँगै सिभिल ग्रुपका अन्य ११ जनालाई पनि नियन्त्रणमा लिइएको डीआईजी सिंहले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।


१९ असोज २०७८, मंगलवार ०८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु