punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डन्डीको मूल्य घट्ने

Chaupati
safha napa

फलामे छडको भाउ प्रतिकेजीमा चार रुपियाँ घट्ने जनाइएको छ । नेपाल फलामे छड उत्पादक सङ्घले विज्ञप्तिमार्फत छडको लागत घट्ने जनाएको हो । सङ्घका अनुसार नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी चार रुपियाँ घटेको छ ।

त्यसैअनुसार प्रतिकेजी चार रुपियाँ घटाई छड बिक्री वितरण गर्न पनि सङ्घले उद्योगीहरूलाई निर्देशन गरिसकेको जनाएको छ ।सरकारले २५ भदौमा ल्याएको प्रतिस्थापन बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्थाको स्वागत गर्दै सङ्घले नयाँ व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत घटेको स्पष्ट पारेको छ ।

यद्यपि सरकारको नयाँ व्यवस्थापछि नेपाल फलामे छड उत्पादक सङ्घ दुई खेमामा बाँडिएका छन् । प्रतिस्थापन विधेयकमार्फत सरकारले नेपालमा आउने स्टिल र बिलेटमा अन्तःशुल्क बढाइदिएपछि डन्डी उद्योगीहरू विरोधमा उत्रिएका छन् भने नेपालमै बिलेट उत्पादन गर्दै आएका उद्योगीले भने सरकारको निर्णयलाई स्वागत गरेका छन् ।

सरकारप्रति असन्तुष्ट पक्षका उद्योगीले छवटा उद्योगको फाइदाका लागि प्रतिस्थापन विधेयकमार्फत सरकारले नेपालमा आयात हुने बिलेटमा लाग्ने अन्तःशुल्क प्रतिटन एक हजार ६५० रुपियाँबाट बढाएर दुुई हजार ५०० रुपियाँ बनाएको छ ।

सरकारको उक्त निर्णय फिर्ता हुनुपर्ने माग राख्दै डन्डी उद्योगीहरूले प्रतिस्थापन विधेयकको विरोध गर्दै आएका छन् । उनीहरूले नेपालमै बिलेट उत्पादन गर्ने उद्योगहरूले ल्याउने स्पन्ज आइरनमा लाग्दै आएको अन्तःशुल्क समेत हटाइदिएको भन्दै विरोध गरेका छन् ।

सङ्घका उपाध्यक्ष किरण शाखले प्रतिस्थापन विधेयकमार्फत नेपालमा आउने स्टिल बिलेटमा अन्तःशुल्क बढाइएको निर्णय फिर्ता हुनुपर्ने माग गरे । तत्काल नयाँ व्यवस्था गर्दा २४ वटालाई विस्थापन गरी छवटा उद्योगले बजार कब्जा गर्न खोजेको र यसले सरकार तथा उपभोक्ता दुवैलाई घाटा हुने उपाध्यक्ष शाखले बताए ।


१८ असोज २०७८, सोमवार ०९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु